एमालेको अर्ली महाधिवेशन अबको दुई महिनामा

एमालेको अर्ली महाधिवेशन अबको दुई महिनामा

नेतृत्व परिवर्तनको गर्मागर्मी बहसवीच खुल्दै,रोकिँदै आएको र जेनजी आन्दोलनबाट सत्ताच्युत नेकपा एमाले को सचिवालय बैठक आगामी मङ्ग्सिरको अन्तिम साता एघारौं महाधिवेशन आयोजना गर्ने निर्णयसहित भर्खर सकिएको  छ ।

नेतृत्ववारे महाधिवेशनले नै टुंगो लगाउने सहमतिसमेत जुटेको छ भने सरकार गठन र प्रतिनिधिसभा विघटन दुबैलाई असंबैधानिक ठहर्याउँदै भरपर्दो वातावरण बन्न सके चुनावलाई इन्कार नगर्ने निर्णय पनि भएको छ ।

सचिवद्वय योगेश भट्टराई र गोकर्ण बिष्टले शिष्ट भाषामा चर्कोसङ्ग अध्यक्ष केपी ओलीलाई मार्गप्रशस्तीका लागि माग गरेको बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ्ग,सचिवहरु पद्मा अर्याल र छविलाल बिकले उपयुक्त फोरम र पध्दतिबाट नयाँ नेतृत्व छान्ने दिशातिर जानुपर्ने धारणा राखेको बुझिएको छ ।

टिप्पणीहरू