विपिन जोशी जीवित नरहेको जानकारी

विपिन जोशी जीवित नरहेको जानकारी

प्यालेष्टिनको विद्रोही समूह हमासको बन्धकमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको समाचार प्राप्त भएको छ । इजरायलस्थित नेपाली दूतावासले विपिन जीवित नरहेको औपचारिक जनाकारी गराएको छ । 

हमासले बन्धक बनाइएका २० जना व्यक्तिहरुलाई आज रिहा गरेकामा त्यसमा विपिन नरहेको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले पुष्टी गरेका छन् । उनका अनुसार आज बिहान साढे ७ बजे इजरायली सेना (आईडीएफ)ले दूतावासलाई विपिन जीवित नरहेको आधिकारिक जानकारी गराएको हो । 

अध्ययनको लागि इजरायल पुगेका कञ्चनपुरका विपिनलाई दुई वर्षअघि हमासले आक्रमणको क्रममा नियन्त्रणमा लिएर बन्धक बनाएको थियो।

टिप्पणीहरू