बैंककबाट आएका महिलासहित तीन भारतीयको ब्यागेजमा ११ किलो गाँजा

बैंककबाट आएका महिलासहित तीन भारतीयको ब्यागेजमा ११ किलो गाँजा

थाइल्यान्डको राजधानी बैंककबाट काठमाडौं आएका तीन भारतीय नागरिकको ब्यागेजबाट ११ किलो २७५ ग्राम गाँजा बरामद गरिएको छ । भारतीय नागरिकहरु ५० वर्षीय सिलम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोद आजाद शेख र ३२ वर्षीया महिला जैनब बशिरको ब्यागेजमा उक्त गाँजा फेला परेको बताइएको छ । 

एयर एसियाको उडानमा आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।

आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि उनीहरूलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वर पठाइएको छ।
 

टिप्पणीहरू