बालेन र सुदनविरुद्ध अर्को जाहेरी

बालेन र सुदनविरुद्ध अर्को जाहेरी

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र ‘हामी नेपाल’ (एनजिओ)का सुदन गुरुङविरुद्ध पर्सामा पनि जाहेरी दर्ता गरिएको छ।

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ जिल्ला कार्य समितिले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर उक्त जाहेरी दर्ता गरेको हो। 

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदीपराज पाठकका अनुसार जाहेरी हाल अध्ययनको क्रममा छ । उनका भनाइमा, ‘अन्य जिल्लामा पनि बालेन र सुदनविरुद्ध जाहेरी दर्ता भइसकेका छन्। त्यसैले अब के गर्ने भन्ने विषयमा प्रहरी प्रधान कार्यालयसँग परामर्श भइरहेको छ।’

जाहेरीमा भदौ २३ गतेको प्रदर्शन र २४ गतेको विध्वंशमा देशभर भएको मानवीय र भौतिक क्षतिको जिम्मेवारी बालेन र सुदनले लिनुपर्ने उल्लेख छ। युवा संघले उनीहरूलाई तत्काल पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेको छ।

यसअघि पनि काठमाडौँ र ललितपुरसहित देशका विभिन्न जिल्लामा बालेन र सुदनविरुद्ध जाहेरी परेका थिए। तर ती जाहेरीहरूबारे प्रहरीले अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन।
 

टिप्पणीहरू