संसद पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा आधा दर्जन रिट
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संसद पुनःस्थापनाको मागसहित रिट परेपनि दर्ता भइनसकेको सर्वोच्चका उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिए । उनका अनुसार अहिले परेका रिटमाथि अध्ययन भइरहेको छ ।
निवेदकको नाम भने पाण्डेले खुलाएनन् । ‘आज ७÷८ वटा निवेदन आएको छ, तीमध्ये केही निवेदन संसद विघटन र पुनःस्थापनासँग सम्बन्धित छन्’, उनले भने, ‘अहिले निवेदनमाथि अध्ययन भइरहेको छ, दर्ता भएपछि निवेदकको नाम खुलिहाल्छ ।’
जेन जी प्रदर्शनको क्रममा अराजक युवाहरुले सर्वोच्चको भवनमा आगो लगाएर ध्वस्त पारेपछि अदालतले पाल टाँगेर सीमित सेवा दिँदै आएकोमा आजदेखि चार वटा इजलासमा सुनुवाई थालिएको हो ।
टिप्पणीहरू