बिहान मुख्यमन्त्रीको राजीनामा, साँझ नयाँको खोजी

बिहान मुख्यमन्त्रीको राजीनामा, साँझ नयाँको खोजी

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदीले नयाँ सरकार गठनको आह्वान गरेकी छन् । मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा स्वीकृत गर्दै उनले भोलि बुधबार अपराह्न ४ बजेसम्म दावी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् । 

नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंहले आज विश्वासको मत लिने योजना बनाएका थिए । तर, केही दिनअघि एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका उनले विश्वासको मत पाउने सम्भावना नदेखिएपछि प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । 

कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि गृहकार्य अघि बढाएका छन् ।

टिप्पणीहरू