ओलीलाई मोटरसाइकल एस्कर्टिङमा पार्टी प्यालेस पुर्याइँदै
नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीलाई राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले मोटरसाइकल एस्कर्टिङ गर्दै गुण्डु,भक्तपुरबाट ललितपुर लैजान लागेका छन् । झम्सीखेल,भनिमण्डलस्थित महलमा आज बिहान शुरु हुने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन ओलीलाई मोटरसाइकल एस्कर्टिङको तयारी गरिएको छ ।
एमालेको १०औं केन्द्रीय कमिटी बैठक आजदेखि रामबाघ महलमा शुरु हुँदैछ। बैठकको प्रारम्भमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम राखिएको छ।
प्रतिवेदनमा हालैको जेन जी प्रदर्शन र विध्वंश,त्यसको प्रभाव र परिणाम,जेन जी विध्वंशपछि गठित अन्तरिम सरकार, आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा भाग नलिने र सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना गराउने विषयहरू रहेको बुझिएको छ ।
टिप्पणीहरू