लाखौंको पटाका र काजुसहित भारतीय पक्राउ
तिहार नजिकिएसँगै बिस्फोटक पदार्थ बरामद हुन थालेको छ । काठमाडौंको ताहाचलबाट लाखौंको पटाकासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतको राजस्थान घर भएका ४५ वर्षीय सुनिल शर्मालाई सात लाख रुपैयाँ बराबरको पटाकासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको साथबाट चार बाल्टी काजु र दुई बोरा (टिसर्ट) कपडा पनि बरामद गरिएको छ । शर्मामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू