पूर्व एआईजी सुवेदीविरुद्ध थप उजुरी

पूर्व एआईजी सुवेदीविरुद्ध थप उजुरी

पूर्व एआईजी सुवेदीविरुद्ध थप उजुरी

नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध प्रहरीमा अर्को उजुरी परेको छ । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी प्रदर्शनअघि घरबाट दुई ट्रक पैसा निकालेको आरोप लगाएका उनीविरुद्ध वाईसीएल र अखिल (क्रान्तिकारी)ले आज साइबर ब्युरोसहित ७७ जिल्लाका प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । 

रोल्पाको गजुल घर भएका सुवेदीले केही दिनअघि एक अन्तर्वार्तामा प्रचण्डले जेन जी प्रदर्शनको दुई दिनअघि 'दुई करोड दुई ट्रक पैसा' अन्यत्र ओसारेको दावी गरेका थिए । उनले भ्रामक र कपोकल्पित प्रचार गरेको भन्दै प्रचण्डको सचिवालयले यसअघि नै साइबर ब्युरोमा उजुरी दर्ता गराइसकेको छ । 

उजुरीमा सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेलाई अनुसन्धानको दायरामा ल्याएर कारवाही गर्न माग गरिएको छ । 

जनयुद्ध (०५५ चैत २७) मा रोल्पाकी एक युवतीमाथि यातना र बलात्कार गरेको आरोप लागेका सुवेदी ०७४ मा प्रहरी सेवाबाट रिटायर्ड भएका थिए । अवकाश हुनुअघि प्रहरी प्रमुख (आईजिपी) बन्ने चाहना राखेका सुवेदीलाई तत्कालीन प्रधानमन्त्री प्रचण्डले वास्ता नगरेपछि पछिल्ला दिनहरुमा प्रतिशोधपूर्ण अभिव्यक्ति दिन थालेको बताइन्छ ।

टिप्पणीहरू