डेढ दर्जन ठेकेदार कालोसूचीमा
ठेक्का ओगट्ने तर समयमै काम सम्पन्न नगर्ने डेढ दर्जन ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुसन्धान कार्यालयले १७ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेका ठेकेदार कम्पनीहरुमा राज ट्रेडिङ कन्सर्न, पिएलए–शुभम् जेभी, योगेश मेशिनरी, विनम्र निर्माण सेवा, शिलाकन्या देवी कन्स्ट्रक्सन, गौरीगाई निर्माण सेवा, लोबेन निर्माण सेवा, राम्चे नेशनल कन्सट्रक्सन एण्ड सप्लायर्स प्रालि, धर्मराज कन्स्ट्रक्सन, लाङलाङ–मानेज्यार्सा जेभी छन् ।
त्यस्तै, शिव शक्ति ईन्फ्रा डेभलोपर्स प्रालि, तिमल्सेना निर्माण सेवा, अमर–सुर्य जेभी, सिद्धिसाई–मैनाचुली जेभी, कपिल–देउ कन्स्ट्रक्सन जेभी, पिङ्की कन्स्ट्रक्सन निर्माण सेवा र जिरिबा बिल्डर्स प्रालिलाई पनि कालोसूचीमा राखिएको छ । एकदेखि दुई वर्षका निम्ति कालोसूचीमा परेका यी ठेकेदार कम्पनीले सो अवधिमा सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।
टिप्पणीहरू