मनाङ्गको चुचुरो टेक्यो सशस्त्रले

मनाङ्गको चुचुरो टेक्यो सशस्त्रले

सशस्त्र प्रहरीको एउटा टोलीले मनाङ्गको उच्च हिमशिखर आरोहणमा सफलता हासिल गरेको छ । उच्च भूभाग खोज तथा उद्बार तालिमका प्रमुख प्रशिक्षक डिएसपी जोगेन्द्र के.सी.को नेतृत्वमा ३२ जनाको टोलीले हिजो र आज मनाङ्गको चुलु फार ईष्ट हिमाल (६०३८ मी.) को शिखर चुमेको बुझिएको छ । यसअघि आश्विन २५ गते उक्त शिक्षालय प्रमुख टोपबहादुर डाँगीसहित ७ जना उक्लिन सफल भएका थिए  ।

सशस्त्रले हिमाली क्षेत्रमा हुनसक्ने विपदका घटनामा उद्धार गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्धेश्यका साथ यो तालिम सञ्चालनमा ल्याएको हो । तालिम प्राप्त जनशक्तिलाई उत्तरी सीमानातर्फको उच्च भूभागमा रहेका बिओपीका साथै आवश्यकताअनुसार नेपालका मुख्य पर्वतारोहण गरिने क्षेत्रमा खटाउने योजना रहेको महानिरीक्षक राजु अर्यालले बताए । 

यो तालिम विपदमा फसेका आरोहीहरुलाई उद्बार गर्नमा कोशेढुङ्‍गा सावित हुने आइजिपी अर्यालको बिश्वास  छ ।

टिप्पणीहरू