अदालती सेवा सुचारू हुँदै
मकवानपुर जिल्ला अदालतले भदौ २३ गतेको जेन जी प्रदर्शन र २४ गतेको विध्वंशमा भएको आगजनीका कारण स्थगित सेवा पुनः सुचारु गर्न लागेको छ । आगामी कात्तिक १३ गतेदेखि नियमित रुपमा मुद्दाको सुनुवाई हुने जनाइएको छ ।
अदालतले सूचना जारी गर्दै कात्तिक २ गतेदेखि साप्ताहिक पेशी सूची सूचना पाटीमा टाँस गरिने जानकारी दिएको छ । ‘मिति २०८२–०७–१३ गतेबाट मुद्दाको प्राथमिकताको आधारमा नियमित रुपमा मुद्दाको सुनुवाई प्रारम्भ गर्ने निर्णय भएको...’,सूचनामा उल्लेख छ ।
जेन्
जी विध्वंशमा सर्वोच्च अदालतसहित दर्जनौं जिल्ला अदालत ध्वस्त भएको छ । सर्वोच्चले परिसरमा टेण्ट टाँगेर सेवा दिइरहेको छ भने काठमाडौं जिल्ला अदालतको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को पुरानो भवनबाट सेवा थाल्ने तयारी छ ।
टिप्पणीहरू