तिहारमा अध्यागमन सेवा आंशिक
अध्यागमन विभागले तिहार बिदाका दिनहरूमा आंशिक रूपमा सेवा सञ्चालन गर्ने भएको छ । विभागका अनुसार पर्यटक भिसा शाखा र एजेन्सी शाखा भाइटीकाको दिन बाहेक अन्य बिदाका दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने छन् ।
विभागद्वारा जारी सूचनामा भनिएको छ, “२०८२ सालको तिहार अवसरमा पर्ने सार्वजनिक बिदाको अवधिमा, मिति २०८२ कात्तिक ६ गते (भाइटीका) बाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म यस विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरू सञ्चालनमा रहनेछ ।”
टिप्पणीहरू