विपिनको शव भोलि आइपुग्दै
इजरायलमा हमासद्वारा अपहरणमा परेपछि मारिएका नेपाली नागरिक विपिन जोशीको शव नेपाल फिर्ता पठाउन त्यहाँको विमानस्थलमा बिदाइ समारोह गरिएको छ ।
कञ्चनपुरका २३ वर्षे जोशी कृषि प्रशिक्षण कार्यक्रम अन्तर्गत दुई वर्षअघि इजरायल गएका थिए। हमासद्वारा अपहरणमा परेका उनी गाजामा अपहरित अवस्थामै मारिएका हुन् ।
इजरायली विदेश मन्त्रालयले आयोजना गरेको आजको समारोहमा त्यहाँको विदेश मन्त्रालयकी उपसचिवलगायत उपस्थित थिए । केही महिनाअघि विपिनकी आमा र बहिनी उनकोे रिहाइका लागि इजरायल गएका थिए ।
विपिनको अन्तिम संस्कारका लागि उनको शव राखिएको बाकस कफिन भोलि दिउँसो फ्लाई दुबईको उडानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाइएको छ ।
टिप्पणीहरू