सेनाको एक सय र प्रहरीका १४ सय हतियार अभिलेख बाहिर

सेनाको एक सय र प्रहरीका १४ सय हतियार अभिलेख बाहिर फाइल फाेटाे

भदौ २३ गतेको जेन जी प्रदर्शन र २४ गतेको विध्वंशमा नेपाल प्रहरीका झण्डै १५ सय हतियार लुटपाट,आगजनीमा परेका छन् । तीमध्ये करिब एक सय नेपाल प्रहरीलाई सेनाले उपलब्ध गराएको हतियार भएको बताइन्छ । 

नेपाल प्रहरीले उक्त विध्वंशमा लुटिएका हतियारसहित अन्य विवरण संकलन गर्ने क्रममा हालसम्म एक हजार ४५२ हतियारको अवस्था अज्ञात रहेको बताएको छ । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको भण्डार शाखामा दाखिला भएको विवरण भिडाउँदा १५ सय हतियार लुटिएको, आगजनीमा परेको वा तोडफोड गरिएको आशंका छ ।

यता, प्रमुख राजनीतिक दलहरुले सरकारले तत्काल शान्ति सुरक्षा कायम गर्नुपर्ने र निर्वाचनका लागि ढुक्कको वातावरण नबनेको बताइरहँदा सरकारले उल्टै दलहरुमाथि आरोप लगाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले लुटिएका हतियार राजनीतिक दलहरुले प्रयोग गर्नसक्ने भन्दै आगामी निर्वाचनमा ती हतियारको दुरुपयोग नहुने सुनिश्चितता उनीहरुले दिनुपर्ने बताएका छन् । तर, नेपाली काँग्रेसलगायत एमालेले सरकार आफ्नो मुख्य दायित्वबाट विमुख हुँदै गएको आरोप लगाएका छन् ।

टिप्पणीहरू