सिडिओ विवादमा, स्थानीय र अगुवाहरू विभाजित

सिडिओ विवादमा, स्थानीय र अगुवाहरू विभाजित

-टेकसिंह धामी

बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मराज जोशीबारेको विवाद थप बढेको छ । कानुन कार्यान्वयनमा कडाइ अपनाउने क्रममा उनी, स्थानीय र आफूलाई ‘नागरिक अगुवा’ दाबी गर्ने समूहबीचको विवादको केन्द्रमा परेका छन्।

जोशीविरुद्ध एनजिओकर्मीसमेत रहेका २१ जनाको समूहले विरोध र विज्ञप्ति जारी गरेपछि नागरिक स्तरबाटै उनको समर्थनमा आवाज उठ्न थालेको छ । सिडिओले केही महिनाअघि कानुन उल्लंघन गर्ने दुई मिडियाकर्मीमाथि मुद्दा चलाएपछि असन्तुष्ट समूहले उनको सरुवा माग्दै अभियान चलाएको देखिन्छ ।

स्रोतका अनुसार, सिडिओले ‘हिमचिम नबढाएको’ भन्दै असन्तुष्ट समूहले विरोध थालेका हुन्। तर अब विभिन्न पालिकाका नागरिक, व्यावसायिक संस्था र संघ–संगठनहरू जोशीको पक्षमा उत्रिएका छन्। असोज ३१ गतेदेखि सुरु भएको समर्थन अभियानमा पहिलो दिन १०७ जना, दोस्रो दिन १८५ जना र आजमात्रै ५ सयभन्दा बढीले समर्थन पत्रमा हस्ताक्षर गरेका छन्।

जोशी तुलनात्मक रुपमा कडाइका साथ कानुन कार्यान्वयन गर्ने अधिकारीका रूपमा परिचित छन्। यही स्वभावका कारण उनी विवादको घेरामा परे पनि स्थानीय तहमा शान्ति, सुरक्षा र प्रशासनिक शुद्धताका पक्षधरहरूले उनको समर्थन गरिरहेका छन्।

टिप्पणीहरू