सक्कली नेपालीको नागरिकतामा नक्कली टिओबीको नम्बर
काठमाडौं महानगरपालिका वडा नम्बर ६ कार्यालयबाट फर्जी कागजात सिफारिसको आधारमा तिब्बती तेन्जिन दावा लामाले लिएको नागरिकता नम्बर एक जना सक्कली नेपालीसङ्ग मिल्न गएको छ ।
उक्त नम्बरको नागरिकता जिल्ला प्रशासन कार्यालय,काठमाडौंको सिस्टममा अर्कैका नाममा भेटिएको छ । बाबु कृष्णबहादुर लामा र आमा माया लामा लेखिएको तेन्जिन दावा लामाको मातापिताको नाम नै नक्कली पुष्टि भइसकेको छ । तिब्बती समुदायमा पुरुषको नाम न त कृष्ण हुन्छ,न त बीचमा बहादुर वा प्रसाद,राज,नाथ भनेर नै जोडिन्छ । त्यस्तै आमा भनिएकी माया पनि तिब्बती महिलाको नाम हुनै सक्दैन ।
प्रमाणपत्र नम्बर २७–०१–०७९–०४८४० रहेको नागरिकताको सक्कली हकदार काठमाडौंका अर्कै स्थानीय वासिन्दा रहेको पुष्टि भैसकेको छ ।
टिप्पणीहरू