राष्ट्रिय सम्मानसहित विपिनको अन्त्येष्टि
प्यालेष्टिनी लडाकु समूह हमासको बन्धकमा रहेकै अवस्थामा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–३, भुजेला घाटस्थित महाकाली नदी किनारमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झन्डा ओढाएपछि अन्त्येष्टि थालिएको हो ।
त्यसपछि सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरी विपिनलाई राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाई गरेको थियो । शवयात्रामा सहभागी नेपालका लागि इजरायली राजदूत र दूतावासका कर्मचारीहरूले इजरायलको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
बिहान घरबाट निकालिएको शवयात्रामा नेपालका लागि इजरायली राजदूत, पूर्व परराष्ट्र मन्त्री एन.पी. सावद, विघटित प्रतिनिधिसभाका सदस्य तारा लामा तामाङलगायत स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।
टिप्पणीहरू