मध्यरात मोटरसाइकल दुर्घटना, चालकको निधन
गएराति चितवनमा भएको मोटरसाइकल दुर्घटनामा एकजना युवकको ज्यान गएको छ । मध्यरात साढे १२ बजेको समयमा खैरहनी नगरपालिका–२ स्थित जनजीवन टोलको भित्री सडकमा बागमती प्रदेश ०३–००५ प ४३०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा राजकुमार बरामको निधन भएको छ ।
टाउकोमा गम्भीर चोट लागेका बरामलाई अस्पताल पुर्याए पनि एक घन्टाभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले एम्बुलेन्समा राखेर उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाएकोमा उपचारको क्रममा राति सवा १ बजेको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतक गोरखा जिल्ला घर भई खैरहनी ४ मा मामाघर बस्दै आएका २६ वर्षीय राजकुमार बराम खुल्न आएको खैहरनी प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रदिप महतले जानकारी दिए ।
टिप्पणीहरू