भाइटीकाको साइत बिहान ११ः३९ बजे, भक्तपुरमा किजापूजा हिजै

भाइटीकाको साइत बिहान ११ः३९ बजे, भक्तपुरमा किजापूजा हिजै

तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामनाका साथ सप्तरङ्गी टीका, दुबो, मखमली, सयपत्री, गोदावरीको माला लगाइदिन्छन् ।

दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।

टीकाको उत्तम साइत आज बिहान ११ बजेर ३९ मिनेटमा छ । भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाउने दाजुभाइ पश्चिम फर्कन ज्योतिषहरुले सुझाएका छन् ।

आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । नेवार समुदायले पनि आज किजापूजा मनाउँदैछन् । भक्तपुरका नेवार समुदायमध्ये केहीले भने हिजो नै किजापूजा मनाइसकेका छन् । तिथि घटबढका कारण भक्तपुरमा तिहार पर्वका चाडपर्व अन्यत्रको तुलनामा अघिल्लो दिन मनाउने गरिन्छ ।

टिप्पणीहरू