जीप दुर्घटनामा एककाे मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज बिहान मार्मा गाउँपालिका–३, दानीखेतमा भएको जीप दुर्घटनामा स्थानीय ३४ वर्षीय करणसिंह ठगुन्नाको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु.प.प्र.०१ ००१ ज १६६३ नम्बरको जीप दुर्घटनामा परेको थियो । ठगुन्ना सो जीपका मालिकसमेत हुन् ।
तर, जीप उनैले चलाएका थिए वा अरु कसैले ? खुल्न नसकेको प्रहरीले जनाएको छ । ‘हामी घटनास्थल पुग्दा उहाँलाई घाइते अवस्थामा भेट्यौं । अस्पताल पुयाउँदा पुयाउँदै उनको बाटोमै ज्यान गयो,’ जिप्रका दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम शाहीले भने, ‘जीपमा उनी मात्रै थिए कि अरु पनि थिए भन्नेबारे अहिले अनुसन्धान भइरहेको छ ।’
टिप्पणीहरू