पेट्रोल खन्याउने गायिका बितिन्,गायक फन्दामा
गायक बाबुल गिरीको स्टुडियोमा आत्मदाह गरेकी गायिका नितु पौडेलको उपचार क्रममा निधन भएको छ ।
जिल्ला प्रहरी परिसर,काठमाडौंका सूचना अधिकारी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार बिहान ८ बजेर २० मीनेटमा कीर्तिपुरमा उपचार हुँदाहुँदै मृत्यु भएको हो । उनले कात्तिक १ गते अनामनगरस्थित याम तिलक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् ।
गायक बाबुल गिरीको स्टुडियोमा भएको उक्त घटनाबारे प्रहरीले उनीसँग सोधपुछ पनि गरेको छ । सूचना अधिकारी भट्टराईका अनुसार बाबुल प्रहरीको सम्पर्कमा छन् । ‘सोधपुछका लागि यसअघि नियन्त्रणमा लिइएको व्यक्ति हाम्रो सम्पर्कमा छन्’, उनले भने ।
घटना यस्तो थियो :
अनामनगरको नागार्जुन गल्लीमा रहेको गिरीको स्टुडियोमा कात्तिक १ गते शनिबार, नजिकका व्यक्तिहरूले झ्यालबाट आगोमा जलेको व्यक्ति कोठामा हल्लिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले तत्काल उद्धार गरी नितुलाई अस्पताल पु¥याएको थियो।
उद्धारको क्रममा गम्भीर घाइते गायिकासँगै गायक बाबुल गिरीलाई पनि एम्बुलेन्समा अस्पताल पु¥याइएको थियो। नितु र बाबुल गिरीबीच प्रेम सम्बन्ध रहेको कतिपयको अनुमान छ । नितुको परिवारले घटनामा बाबुलको संलग्नता रहेको दाबी गर्दै प्रहरी प्रभाग सिंहदरबारमा किटानी जाहेरी दर्ता गरेका छन्।
टिप्पणीहरू