जेन जी प्रदर्शनमा क्यानाडियन र भारतीय सक्रिय
काठमाडौंमा भएका जेन–जी प्रदर्शनमा विदेशी नागरिकता र राहदानीको आडमा सक्रिय समूहको संलग्नता खुल्न थालेको छ । क्यानाडाको नागरिकता लिएका भक्तकुमार राई,भारतीय राहदानीवाहक सिक्किमका सुरेनकुमार राई (सेमिङ गुरु) नेतृत्वको समूहले नेपालमा धार्मिक र राजनीतिक गतिविधि सँगसँगै चलाउँदै आएको आरोप छ ।
डेढ दशकअघि उदयपुर र खोटाङका केही व्यक्तिले मिलेर स्वर्गिक मार्ग संघ भन्ने संस्था खोलेका थिए । स्वर्ग–नर्कको नाममा चलाइएको सो संस्थाले पछि परिवर्तन संघ र त्यसकै राजनीतिक दलको नाममा पुतली चिन्हसहितको परिवर्तन पार्टी दर्ता गराएको तथ्य खुलेको छ । उक्त पार्टीको अध्यक्ष रमेश नाल्बो हुन् भने ठेगाना काठमाडौं महानगर-३ लेखिएको छ ।
उदयपुर र खोटाङका केही व्यक्तिले मिलेर स्वर्गिक मार्ग संघ भन्ने संस्था खोलेका थिए । स्वर्ग–नर्कको नाममा चलाइएको सो संस्थाले पछि परिवर्तन संघ र त्यसकै राजनीतिक दलको नाममा पुतली चिन्हसहितको परिवर्तन पार्टी दर्ता गराएको तथ्य खुलेको छ ।
सोही समूहले अस्ति र हिजो माइतीघर मण्डलामा “जेन जी परिवर्तन” नामको ब्यानरमा कार्यक्रम आयोजना गरेको छ । सिक्किम र भारतका दर्जनौं व्यक्तिको सहभागिता रहेको कार्यक्रममा ७६ जना पक्राउ परेका थिए ।
कतिपयले जेन जी प्रदर्शनलाई नेपाली युवाको स्वतन्त्र आवाज नभएको विदेशी नेटवर्कको परीक्षणस्थल भनेका छन् । स्रोत अनुसार ‘गड एन्जेल’का नाममा परिचित भक्तकुमार राई स्वयं क्यानाडाबाट निर्देशन दिने गर्छन्। उनले भारत र नेपालका अनुयायीहरूलाई प्रयोग गरेर ‘जेन जी’लाई धार्मिक आवरणमा राजनीतिक परियोजनामा रूपान्तरण गर्ने प्रयास थालेको आरोप छ ।
सिक्किमका सुरेनकुमार राई दोस्रो वरीयताका “धर्म गुरु” हुन्, जसलाई भारतको खासका रूपमा चिनिन्छ । उनी र धरानका सागर राईले आन्दोलनका नाममा युवाहरूलाई भेला पार्दै धार्मिक उपदेश,सामाजिक सुधार र राजनीतिक विरोधका नारा मिसाएर अभियान चलाउन थालेको प्रष्ट बताइन्छ ।


टिप्पणीहरू