बोल्न थाले व्यवसायी, भयावह अवस्थाको चेतावनी

बोल्न थाले व्यवसायी, भयावह अवस्थाको चेतावनी

देशभर जारी राजनीतिक अस्थिरता र जेन–जी विध्वंशका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीले सर्वसाधारणसँगै निजी क्षेत्र पनि त्रस्त छ । नेपाल उद्योग वाणिज्य महासंघले त्यस्ता आपराधिक घटनाका दोषीमाथि कारबाहीको माग गर्दै अन्यथा अवस्था भयावह हुनसक्नेतर्फ सजक रहन सरकारलाई गम्भीर चेतावनी दिएको छ । 

‘दण्डहीनता रोकिएन भने अवस्था भयावह हुन सक्छ’ उल्लेख गर्दै महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘व्यवसायीका उजुरी नलिने, प्रहरी प्रशासनले ढिलासुस्ती देखाउने र दोषीहरूलाई संरक्षण दिने प्रवृत्ति बढ्दै गएको छ। यस्तो स्थिति रहिरहेमा लगानी वातावरण पूर्णरूपमा ध्वस्त हुने छ।’

व्यवसायीहरूमा उक्त घटनाप्रति आक्रोशसँगै असुरक्षा महशुस तीव्र छ । मुलुकभरका अधिकांश ठूला व्यापारी र व्यसायीको घर, कारखाना र व्यावसायिक भवन ध्वस्त बनाएको डेढ महिना बितिसक्दासमेत सरकारले कारबाहीको प्रक्रिया अघि नबढाउँदा उनीहरुमा पलायनको भावना उत्पन्न हुनसक्ने जोखिम उत्तिकै छ ।

महासंघले केन्द्रदेखि जिल्ला स्तरका सुरक्षा समितिहरूमा व्यवसायीको प्रतिनिधित्व सुनिश्चितताको माग गर्दै गृह मन्त्रालयमा औपचारिक पत्र यसअघि नै पठाएको थियो अपराधीहरुलाई समयमै कारबाही नगरे अवस्था नियन्त्रणबाहिर जाने र आर्थिक प्रणालीमा दीर्घकालीन क्षति हुने चेतावनी उनीहरुले दिएका छन् ।

टिप्पणीहरू