व्यापक हिमपातपछि आधार शिविरमै रोकिए पदयात्री

व्यापक हिमपातपछि आधार शिविरमै रोकिए पदयात्री फोटोः सामाजिक सञ्जाल।

बाक्लो हिमपातपछि म्याग्दीको अन्नपूर्ण आधार शिविरमा पदयात्रामा जान पूर्ण रुपमा रोक लगाइएको छ । रातिदेखि परेको हिमपात र वर्षाका कारण पदयात्रामा रहेकालाई रोकिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

त्यसपछि कतिपय पर्यटकहरु आधार शिविरमै रोकिएका छन् । उनीहरुको उद्धारका निम्ति सुरक्षाकर्मी खटिएका छन् । पर्यटकको उद्धार गर्न प्रहरीसहित सशस्त्र प्रहरी बल नेपाल र स्थानीय उद्धारकर्मी ईन्द्रशेरचन थकालीसहित टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरेर त्यसतर्फ गइरहेको जनाइएको छ । 

प्रहरीले आवश्यक सहयोगका लागि कन्ट्रोल नम्बर १००, स्थानीय जनप्रतिनिधिहरु अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरतबहादुर पुनको नम्बर ९८५७६२७८२४, वडा नम्बर ४ का अध्यक्ष लोकबहादुर फगामीलाई ९८६७६३९९५९ र उद्धारकर्मी शेरचनको ९८५७६४०२४६ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

टिप्पणीहरू