आँबुखैरेनीमा इभी माइक्रो दुर्घटना, वृद्धाको मृत्यु
चितवनबाट लमजुङतर्फ जाँदै गरेको एउटा इभी माइक्रो तनहुँको आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटमा दुर्घटना भएको छ । दुर्घटनामा चितवनकी एक वृद्धाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएको बताइन्छ ।
रातिदेखि परेको पानीले सडक चिप्लो भएकाले माइक्रो दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०३–००१ व ०९३७ नम्बरको इभी माइक्रोमा १४ जना सवार थिए ।
तीमध्ये गम्भीर घाइते ५५ वर्षीया बुझमाया तामाङको उपचारका क्रममा मृत्यु भएको हो । ४२ वर्षीय चालक ईश्वरकुमार श्रेष्ठलाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ ।
टिप्पणीहरू