हुन सकेन भाटभटेनीमा खरानी भएकाकाे पहिचान

हुन सकेन भाटभटेनीमा खरानी भएकाकाे पहिचान

भाटभटेनी सुपर मार्केटमा भएको लुटपाट र आगजनीको क्रममा डढेका लाशहरूको पहिचान र सनाखत हुन सकेको छैन । डढेर खरानी भएका ससाना हाडखोर मात्रै बाँकी भएका शवहरूको सोधिखोजी गर्दै तिनका परिवारहरू सम्पर्कमा आएका छैनन् । जेनजी आन्दोलनको क्रममा आफ्नो मान्छे हराएको भन्दै ५–६ जनाको परिवारले मात्रै प्रहरीमा निवेदन दिएका छन् । कतिपय डढेकाहरूको डिएनए परिक्षण गर्न हाडखोर संकलन गरी फरेन्सिक ल्यावमा पठाइएको छ ।

कोटेश्वरको भाटभटेनीमा जलेर खरानी भएका एक जनाकोे हड्डी उनकै आफन्तले लगेर सदगत गरेका छन् । उनको सीमकार्ड भेटिएकोले जलेको हड्डीमात्रै भए पनि पहिचान गर्न सहज भएको बताइन्छ । चाहविल भाटभटेनीमा जलेर ससाना हड्डीमात्रै भेटिएकाहरूको पहिचान स्पष्ट हुन सकेको छैन । खरानी हुनबाट जोगिएका तिनै हड्डीहरू डिएनए परिक्षणका लागि पठाइएको बताइन्छ । डिएनए परिक्षण पोजेटिभ भएको खण्डामा ती हाडखोर उनकै आफन्तहरूलाई बुझाउने तयारीमा प्रहरी रहेको बताइन्छ ।

मलाई मेरो देश फिर्ता दे भन्दै भटभटे पड्काउँदै जेनजी आन्दोलन भड्काउँदै हिँड्ने तिवेतेन ओरिजिनल व्लड (टिओवी) समूहका नेता तेन्जिन दावा लामाविरुद्ध प्रहरीले मुद्दाको चाङ लगाउन सक्ने सम्भावना बढेको छ । नक्कली नागरिकता, नक्कली राहदानी, सरकारी छाप दस्तखतलगायतका लिखत कृते अभियोग लाग्ने भएको छ भने तेन्जिङविरुद्ध पञ्जिकरण ऐनलगायतका अन्य ऐन पनि आकर्षित हुन सक्ने बताइन्छ । उनीविरुद्ध अभियोग सिद्ध भए कम्तिमा पनि ५ देखि ८ वर्षसम्मको जेल जाने सम्भावना रहेको बताइन्छ । प्रहरीको सवारी साधन डढाउने भारतीयहरू आगजनीमा जेल गएका, बानेश्वरको वाणिज्य बैंक लुटनेहरू काठमाडौं जिल्ला अदालतमा पेश गरिएका छन् ।

जेनजीका नाममा थर्काउँदै हिँड्ने अर्जुन शाही बैंकिङ कसुरका अभियुक्त भए पनि मिलापत्र गरेर छुट्न सक्ने अवस्थामा रहेको बताइन्छ । शाही थुनामा रहेकै बेला पनि मलाई जेनजीका नाममा थर्कायो, मानसीक तनाव दियो, सरकारी अफिसमा काम गर्ने वातावरण खल्बल्यायो, सरकारी काममा दखल गर्‍यो, मसँग पैसा माग्यौ भन्दै नागरिक उड्डयन प्राधिकरणका सिइओ प्रदिप अधिकारी र युवराज अधिकारीहरू कोही पनि गएका छैनन् । यसै कारण पनि शाहीले सजिलै छुटकारा पाउने वातावरण तयार भएको बताइन्छ ।

शाहीविरुद्ध उजुरी नदिएकाले यिन्का पनि कहिँनकहिँ केही चुक छ भन्ने दावी स्रोतका छ । नभए त यस्तो बेला शाहीको सिकार बनेकाहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुपर्नेे एक विश्लेषकले दावी गरेका छन् । यदी सरकारी कामकाजमा बाधा गरेको भन्ने उजुरी प¥यो भने शाहीले केही महिना जेल बिताउनुपर्ने अवस्था सिर्जना हुन्छ । तर सरकारका सिन्दुर पहिरिएका भ्रष्टहरू कोही पनि शाहीको विरोधमा चुँ गर्ने हिम्मत नराखेको दावी स्रोतको छ ।
 

टिप्पणीहरू