उमेर ३८, नागरिकता तीन !

उमेर ३८, नागरिकता तीन !

नागरिकता सरकारको महत्वपूर्ण दस्तावेज हो । आफ्ना नागरिकको पहिचानका लागि सरकारले नागरिकता दिन्छ । तर,पछिल्लो समय नागरिकतालाई एउटा तासको पत्तीजस्तै बनाइएको छ ।

भारतीय र तिब्बतीहरुले सरकारी कर्मचारीलाई घुस खुवाएर नक्कली नागरिकता हात पारी मुलुकमा अराजक गतिविधि गरिरहँदा जेनजी प्रदर्शनको लिडर दाबी गर्ने ‘हामी नेपाल’ नामक एनजिओका संस्थापक सुदन गुरुङ्गले तीन पटक नागरिकता लिएको पाइएको छ । जुन कुरा उनी आफैंले स्वीकारेका छन् । 

उनले केही दिनअघि एउटा अन्तरवार्तामा बोल्दै भनेका छन्,‘आँखा चिम्म हुनेबित्तिकै तिब्बती,कालो हुनेबित्तिकै इण्डियन । एउटा काम गरौं, सबै पत्रकारले गोरखाको सिडियोलाई फोन गरौं,सुधन गुरुङ्गले पहिलोचोटि कहिले नागरिकता लियो ? दोस्रो प्रतिलिपि कहिले लियो र तेस्रो प्रतिलिपि कहिले लियो ? भनेर सोधौं ।’ 

नागरिकता कुनै भिजिटिङ कार्ड होइन, हराएको हरायै र बनाएको बनायै गर्नका लागि ।

गुरुङ्गको जन्म २०४४ असार २५ गते गोरखाको चुमनुब्री गाउँपालिका–३ मा भएको हो । बुवाको नाम दिलबहादुर गुरुङ्ग र आमाको नाम ज्ञानु गुरुङ्ग हो । उनको नागरिकता नम्बर १११३७९ रहेको छ । उनले २०७६ भदौ २२ गते तेस्रो प्रतिलिपि लिएका छन् । ३८ वर्षको उमेरमा उनले तीनपटक नागरिकता लिनुपर्ने कारण के ? यो गम्भीर प्रश्न हो । नागरिकता कुनै भिजिटिङ कार्ड होइन, हराएको हरायै र बनाएको बनायै गर्नका लागि । 

मुलुकमा नक्कली नागरिकताको आतंक मच्चिरहँदा तिब्बतीसँग जोडिएको आरोप खेपिरहेका व्यक्तिले तीनपटक नागरिकता लिनु निकै शंकास्पद छ । ‘टिबेटियन ओरिजिनल ब्लड (टिओबी)’ का लिडर तेन्जिङ दावा लामाको नागरिकता नक्कली पुष्टि भइसकेको छ । उता,चीनबाट निर्वासित तिब्बती धर्म गुरु दलाई लामाका प्रतिनिधिहरुले पनि नक्कली नागरिकता लिएको पाइएको छ । 

यस्तोमा जेनजीको लिडर भन्दै अगाडि आएका गुरुङ्गको नागरिकतामाथि पनि छानबिन हुनु आवश्यक छ । एक जानकार भन्छन्,‘साधारण नेपालीले १६ देखि २० वर्षको बीचमा नागरिकता लिन्छ । ३८ वर्षको उमेरमा कुनै व्यक्तिले तीनवटा नागरिकता लिन्छ भने त्यसमा कुनै न कुनै असाधारण कारण छ । यसमा सम्बन्धित निकायले तुरुन्त छानबिन अगाडि बढाउनुपर्छ ।’

टिप्पणीहरू