बेपत्ता प्रहरीको खोजतलास शुरु
फाइल फोटो
नेपाल प्रहरीले लामो समयदेखि बेपत्ता कर्मचारीको खोजबिन शुरु गरेको छ । फरक–फरक मितिमा आफूखुशी गैरहाजिर रहेका विभिन्न दर्जाका १५ जनालाई प्रहरी प्रधान कार्यालयले हाजिर हुन निर्देशन दिएको हो ।
उनीहरुको नाममा यसअघि पनि पटकपटक सूचना टाँस गर्दासमेत बेवास्ता गरेको जनाउँदै प्रहरी हेडक्वार्टरले सफाइका लागि अन्तिम मौका दिएको जनाएको छ । चित्तबुझ्दो लिखित स्पष्टीकरणसहित आगामी सात दिनभित्र उपस्थित हुन भनिएको छ ।
स्पष्टीकरण सोधिनेमा प्रहरी हवल्दार महेन्द्र भुज र प्रकाश चौधरी, सहायक हवल्दार भिमबहादुर खत्री, जगदिश पन्त, प्राविधिक प्रहरी प्रवान विरबहादुर तामाङ, जवानहरु पर्दिप चौधरी, विरेन्द्र चौधरी, महेन्द्र सिजाली, वसन्त राई, मणिराज राई, विन्जाविन लकान्द्री, वोदप्रसाद चौलागाई, सामेल थारु, अविशेक घर्ती र कार्यालय सहयोगी प्रकाश गुरुङ छन् ।
तोकिएको समयमा स्पष्टीकरणसहित उपस्थित नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (ख) को कसुरमा सोही नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कार्यालयको चेतावनी छ ।
टिप्पणीहरू