आफ्नो फोहोर आफ्नै घरभित्र राख्न अनुरोध

आफ्नो फोहोर आफ्नै घरभित्र राख्न अनुरोध

काठमाडौं उपत्यकाको फोहोर बिसर्जनस्थल बञ्चरेडाँडाका स्थानीय आन्दोलित भएपछि ललितपुरको महालक्ष्मी नगरपालिका–१ वडा कार्यालयले स्थानीय बासिन्दालाई घरभित्रै फोहोर राख्न अनुरोध गरेको छ।

वडाध्यक्ष छिरिङ लामाले घरबाट निस्कने फोहोर सडक किनारमा नराखी कम्पाउण्डभित्रै राख्न आग्रह गरेका छन्।

वडाध्यक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन कार्य गर्न हाल अवरोध भएकाले फोहोर उठाउने कार्य असहज भएको छ। यस कारण, महालक्ष्मी नगरपालिका–१ का सम्पूर्ण बासिन्दाले घरबाट निस्किने फोहोर सडक किनारमा नराखी कम्पाउण्डभित्रै राख्न अनुरोध गरिन्

फोहोर उठाउने कार्य सहज भएपछि पुनः फोहोर उठाई लैजाने कार्यालयले जनाएको छ।

काठमाडौं महानगरपालिका र संघीय सरकारलाई फोहोर व्यवस्थापनसम्बन्धी १८ बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिँदै बञ्चरेडाँडाका स्थानीयले फोहोर बिसर्जनमा रोक लगाएका छन्। उपत्यकाबाट फोहोर बोकेर गएका दर्जनौं गाडीलाई उनीहरूले हिजोदेखि फर्काएका छन् ।

टिप्पणीहरू