फोहोर घरभित्रै राख्नू, बाहिर नफाल्नू : काठमाडौं महानगर

फोहोर घरभित्रै राख्नू, बाहिर नफाल्नू : काठमाडौं महानगर

काठमाडौँ महानगरपालिकाले घरको फोहोरमैला घरमै राख्न सूचित गरेको छ। बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोरमैला फाल्नमा समस्या सिर्जना भएको भन्दै महानगरले अर्को सूचना नभएसम्म फोहोरमैला घरमै राख्न सूचना जारी गरेको छ ।

महानगरको वातावरण व्यवस्थापन विभागले भनेको छ, ‘घरबाट निष्कासन हुने फोहोरमैला घर कम्पाण्डमै सुरक्षित तरिकाले राख्नुहोस् र सार्वजनिक स्थलमा नफाल्नुहोस्।’

यता महानगरवासीले मेयर बालेन साहको चर्को आलोचना गरिरहेका छन्। महानगर प्रमुखको हैसियतमा बालेनले फिल्डमै खटेर समस्या समाधान गर्नुपर्नेमा लुकेको उनीहरुको आरोप छ। महानगरको सूचना सेयर गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘मेयरसाप, फोहोरभन्दा अगाडि तपाईं घरबाट निस्कनुपर्छ, नत्र हामी फोहोरसँगै तपाईंलाई पनि निकाल्न बाध्य हुनेछौँ ।’

उपत्यकाको फोहोरमैला व्यवस्थापन समस्या फेरि बल्झिएको छ । महानगर र संघीय सरकारलाई फोहोर व्यवस्थापनसम्बन्धी १८ बुँदे सहमति कार्यान्वयनका निम्ति दबाब दिँदै बञ्चरेडाँडाका स्थानीयले केही दिनयता फोहोर विसर्जनमा रोक लगाएका छन् ।

टिप्पणीहरू