यसरी पनि गर्न सकिन्छ देश विकास

यसरी पनि गर्न सकिन्छ देश विकास

गत भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशमा प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विधायिकी केन्द्र संसद् भवन, विभिन्न जिल्लाका कारागार, पाँच तारे होटललगायतका संरचना जलेर ध्वस्त भएको छ । मेचीदेखि महाकालीसम्म एकैचोटि आगो बालिएको छ ।

प्रज्वलित पदार्थ हालेर देशभर नै आगो लगाइएकोमा यो प्रायोजित घटना हो भन्नेमा कुनै शंका छैन । रिमोर्ट थिचेर बम पड्काइएजसरी एकै समयमा आगो लगाउनका लागि धेरैअगाडिदेखि प्रि–प्लानिङ गरेको प्रष्ट छ । नत्र यत्रो तहल्का मच्चाउन सम्भव हुने थिएन । अब कसरी अगाडि बढ्ने ? जेनजी प्रदर्शनपछि मुलुक खरानी बनेको छ । सरकारी संरचनाहरु ध्वस्त भएको छ । त्यो पुनःर्निर्माणका लागि सम्पूर्ण देशबासीले आफ्नो शारीरिक, बौद्धिक योग्यता र क्षमताअनुसार आफ्नो धर्म–कर्मलाई असर नपर्ने गरी सरकारको योजनामा सहयोग गर्नुपर्छ । पाँच वर्षसम्म आपतकालको घोषणा गरेरै सबैले सरकारी अधिनमा तोकेकै क्षेत्रमा अनिवार्य श्रम गर्नुपर्छ ।

त्यसको जिम्मा हरेक वडाले लिनुपर्छ । वडाले तोकेका विकास निर्माणका कार्य पुरै समुदायले मिलेरै गर्ने–गराउने, प्राविधिक निर्देशन मात्र सरकारी कर्मचारीले दिने, किशोरकिशोरी र युवायुवतीको समयको सदुपयोग गर्ने कामलाई प्राथमिकता दिनुपर्छ । लोकल खेतीबारीदेखि पशुपालनसम्मका उत्पादनले स्वाबलम्बी बनाउने हुँदा वडाकै अनुभवी कृषकहरुको रायअनुसार कामअगाडि बढाउनुपर्छ । सुधारको उपाय जेल होइन जेनजी प्रदर्शनका नाममा विध्वंश मच्चाउनेलाई धमाधम पक्राउ गरिँदैछ । तर, जेल हाल्नु मात्र सुधार होइन । कोहीपनि चाहेर गलत बाटो जाँदैन । कुसंगत, अज्ञानता र संयोगले गलत बाटो दोहोर्याउँछ । जसका कारण ऊ कानुनको कठघरामा पुग्छ । जेल गएपछि उसमा बदलाको भावना बढ्दै जान्छ ।

विभिन्न अपराध गरेर आएका कैदीसँगको भेट र संगतले उसलाई झन् उग्र बनाइदिन्छ । जेलबाट निस्किएपछि ऊ अपराध कर्ममा मुछिन्छ । जेलभित्रै जुवातास, लागुपदार्थको व्यापारदेखि नाइके, भाइनाइकेहरुले गराउने अपराधले कैद बसेका व्यक्ति सुध्रिने होइन, झनै बिग्रिन्छन् । उसलाई बदलाको ज्वाला भर्नेहरुको कुसंगतले विक्षिप्त बनाउँछ । बिग्रेकालाई कसरी सुधार्ने ? उनीहरुलाई बिहान २ घण्टा, बेलुका २ घण्टा सामाजिक शिक्षा दिनुपर्छ । कक्षामा नैतिकता, मानवता, सामाजिक धर्म, एकता, मन बुद्धि र समयको सदुपयोग गर्ने आदि सुसंस्कार सिकाउनुपर्छ । हरेक दिन ६ घण्टासम्म उनीहरुको श्रम क्षमता, बौद्धिक क्षमताअनुसार मजदुरी गराउनुपर्छ । कामअनुसार ज्याला दिनुपर्छ र त्यो पैसा जम्मा गरेर वित्तिय संस्थामा राख्ने व्यवस्था मिलाउनुपर्छ ।

उनीहरुलाई जेलबाट निस्किसकेपछि पनि गरेर खान सक्ने सिप सिकाउन आवश्यक छ । क्या हो अमृत त्यो सुरदेव पान ? सच्चा कमाइ गरी खानु भनेर जान । क्या हो ठूलो जगतमा पसिना विवेक ? उदेश्य के लिनु उडिछुनु चन्द्र एक । माथिको २ हरफका कुराहरु सबै सारसंक्षेप मात्र हो । यी विचारहरु सामाजिक, राजनीतिक र विश्वसँग नमिल्न पनि सक्छ । आज हाम्रो अवस्था पाँच पाण्डवहरुको जस्तो छ । देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । अब हामीले देशको मुहार फेर्नुपर्छ । पाँच वर्षभित्र देशलाई ऋणमुक्त र जनतालाई स्वाबलम्बी बनाउनुपर्छ ।

उदाहरणको लागि जसरी २०१८–२०२० सालसम्म चीनका प्राविधिकहरुले काठमाडौंदेखि कोदारीसम्मको बाटो बनाउँदा खाना एकै मेषमा खाने, सबैले एकै रंगको लाउने र आफ्नो काम सबैले स्वचालित भएरै गरेकोले समयभित्र काम सकाए । पालभित्रै बसेर त्यति लामो पहाडी बाटो निर्माण गरेर माओत्सेतुङले ठूलो नाम कमाएका थिए । हामी पनि त्यहीँ ढंगले अगाडि बढ्न सक्छौं । ३ वर्षको लागि दिएको ठेक्का १३ वर्षपछि तोड्नुपर्ने र सरकारलाई ठेकेदारले नै तह लगाएर कायल पार्ने गरेको व्यापक सुनिन्छ ।

देश बनाउने हो भने यो प्रवृत्तिलाई अब रोक्नुपर्छ । अर्थ माफिया, भूमि माफिया, व्यापार माफिया आदिले सरकारमा बस्नेलाई चलाइरहेका छन् भने सरकारी निकायले उनीहरुकै इसारामा काम गर्नुपर्ने बाध्यता छ । यसको अन्त्य हुन निकै आवश्यक छ । देशलाई यस्ता जालबाट मुक्त गराएर राष्ट्रवाद लागु गर्नुपर्छ । अन्त्यमा, (गणेशमान लौहपुरुष) ले पुच्छरले कुकुरलाई हल्लाएको भनि व्यङ्ग्य गरेको पनि ५० वर्ष बितिसक्यो । तर, देशमा कुनै सुधार देखिएको छैन । सबैलाई मजदुर बनाएर देश सुधार्नुपर्ने अहिलेको चरम आवश्यकता हो ।

सार्क राष्ट्रको अध्यक्ष भएको मुलुकको सुरक्षाकर्मीले बोकेको हतियार र कम्बेट ड्रेससमेत खोसेर २४ घण्टा भित्रैमा सरकारलाई आत्मसमर्पण गराउने प्लान बनेकोसमेत थाहा नपाउने शासकले यही बेलामा ५ वर्षका लागि आपतकालीन सरकार गठन गरेर अन्तर्राष्ट्रिय दौत्य सम्बन्ध बलियो बनाउनुपर्छ । सार्क राष्ट्रलाई विश्वासमा लिनुपर्छ । नेपालकै बोर्डफस्ट र जे.एन.युनिभर्सिसटीका एज्म डा. बाबुराम भट्टराईले भनेका थिए–म प्रधानमन्त्री देशको साँचो अन्तै रैछ ।

त्यसैले मेरो एज्म्को ज्ञानले केही गर्न नसकेकोमा दुःखका साथ क्षमायाचना गर्दछु । अब यो स्थिति नआओस् । जसलाई साँचो दिइएको हो, उसैले देश चलाओस् ।

टिप्पणीहरू