जनार्दन अघि बढे, भाइ र बहिनी अडिए
नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतासम्बन्धी एजेण्डा बहुमतले पारित गरेको छ । आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकले आठ वामपन्थी समूहसँग एकता गर्ने निर्णय पारित गरेको हो ।
समितिका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकतासम्बन्धी ऐजेण्डा प्रस्तुत गरेकोमा सदस्यहरुले ताली बजाएर स्वागत गरे ।
एकताको विपक्षमा उभिएका नेता जनार्दन शर्मा भने बैठकमा सहभागी छैनन् । उनका भाइ ओपेन्द्र शर्मा र बहिनी नारायणी शर्मा चाहिँ बैठकमा सहभागी भएको बताइएको छ । पार्टी एकताको विषयलाई लिएर जनार्दनको परिवारमै मतभेद सिर्जना भएको अवस्था छ । जनार्दनले पाटनमा छुट्टै पत्रकार सम्मेलन गरेर नयाँ अभियान घोषणा गरिरहँदा उनका भाइ र बहिनी भने प्रचण्डसँगै एकताको पक्षमा खुलेका हुन् ।
टिप्पणीहरू