रास्वपाका आधा दर्जन नेतासँग आयोगले बयान लिँदै
भदौ २३ र २४ गतेको घटनामाथि छानविन गर्न बनेको जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल, प्रवक्ता मनिष झा, केन्द्रीय सदस्यहरु हरि ढकाल र गणेश पराजुलीसँग बयान लिने भएको छ ।
आज सो पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको आयोगले उनकी पत्नी निकिता पौडेललाई पनि सोधपुछमा बोलाउँदै छ । आज बयानका क्रममा लामिछानेले भदौ २४ गते कारागारले भीडमा छोडिदिएर आफ्नो ज्यान नै खतरामा पारिदिएको आरोप लगाएको बुझिएको छ ।
जेनजी आन्दोलनको नाममा मच्याइएको विध्वंशका क्रममा उपसभापति अर्याल र प्रवक्ता झासहितका नेताले लामिछानेलाई नख्खु कारागारबाट छुटाएका थिए । त्यसक्रममा उनीहरूले गृह प्रशासनले नै रिहा गरेको दावी गर्दै एक पत्र सार्वजनिक गरे पनि त्यो फेक प्रमाणित भइसकेको छ ।
उक्त पृष्ठभूमि आयोगले घटनाको वास्तविकता पत्ता लगाउन रास्वपा नेताहरुसँग बयान लिन लागेको हो । भोलि वा पर्सि उनीहरुलाई बोलाएर बयान लिने तयारी रहेको बताइएको छ ।
आयोगले कारागार प्रमुख सत्यराज जोशीसँग बयान लिइसकेको छ ।
टिप्पणीहरू