नवराज गुरुङ्गले छाडे उपेन्द्रको साथ

नवराज गुरुङ्गले छाडे उपेन्द्रको साथ

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी,नेपालका केन्द्रीय सदस्य नवराज गुरुङ्गले पार्टी परित्याग गरेका छन् । उनले सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन् । अध्यक्ष यादवलाई सम्बोधन गरेर फेसबुकमा स्ट्याट्स लेख्दै उनले आजको मितिबाट लागू हुनेगरी सम्पूर्ण जिम्मेवारी छोडेको घोषणा गरेका छन् । 

‘उपरोक्त विषयमा आजको मितिदेखि लागू हुनेगरी जनता समाजवादी पार्टी,नेपालको केन्द्रीय सदस्य पद र पार्टी सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराउँदछु’,उनले लेखेका छन्,‘त्यस्तै आजको दिनसम्म त्यस पार्टीमा रहँदा सहयोग गर्नुहुने अध्यक्षलगायत सम्पूर्ण नेता–कार्यकर्ता साथीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

टिप्पणीहरू