सशस्त्रका हाकिमहरुको सरुवा सामसुम

सशस्त्रका हाकिमहरुको सरुवा सामसुम

गत वर्ष असोज पहिलो हप्ता नै सशस्त्र प्रहरीका एआइजीहरूको सरुवा भए पनि यस वर्ष काम अघि बढेको छैन ।

सामान्यतया कुनै विभागमा एक वर्ष बिताएपछि सरुवा गर्ने चलन छ । तर एआइजी नारायणदत्त पौडेल कार्यविभाग र वंशी दाहाल मानव स्रोत विभागमा बसेको वर्ष दिन बित्दा पनि सरुवा हुने छेकछन्द देखिएन । स्रोतका अनुसार सरकार परिवर्तनका कारण एआइजीहरूको सरुवा प्रभावित हुन पुगेको हो । वरिष्ठताका आधारमा नम्बर दुईमा रहेका पौडेल सीमा सुरक्षा विभागबाट कार्यमा खटिएका हुन् ।

दाहाल कार्य विभागबाट मानव स्रोततिर सरुवा भएका हुन् । सीमा सुरक्षाका सिपी गौतम पदावधिका कारण घर गएपछि गणेश ठाडा मगर बढुवा भई जिम्मेवारी लिन पुगेका छन् । जिम्मेवारी लिएपछि ठाडा अनुगमन भन्दै जिल्ला दौडाहामा निस्केको निस्क्यैछन् ।
 

टिप्पणीहरू