बिज्ञानले बोलाउँदैमा गलत नभनि हाल्ने कि !
गत भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशमा नेपाल प्रहरी सबैभन्दा बढी पीडित बनेको छ । भीड नियन्त्रण गर्न र सरकारी सम्पत्ति जोगाउन दुई दिनसम्म लगातार लडिरहेका प्रहरीले सो घटनामा इतिहासमै नभोगेको परिस्थितिको सामना गर्नुपर्यो । प्रदर्शनमा प्रहरीको गाँस,बास,कपासदेखि हातहतियारसम्म लुटियो । आफ्नो कर्तव्य निर्वाहका क्रममा तीन प्रहरीको ज्यान गयो भने सयौं घाइते भए ।
रातदिन नभनिकन दुई दिनसम्म देशको लागि लडेका प्रहरीसङ्ग पनि यतिबेला बयानबाजी शुरु भएको छ । भदौ २३ र २४ गतेको घटनामाथि छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले प्रहरीमाथि अनुसन्धान थालेको हो । आयोगले केही दिनअघि प्रहरी मुख्यालयलाई आन्दोलनमा खटिएका प्रहरीको विवरण पठाउन निर्देशन दिएको थियो । तर,मुख्यालयले ‘आईजीपीदेखि सिपाहीसम्म सडकमै खटिएको’ जवाफ पठायो ।
ए । छानबिन समितिमा पूर्वप्रहरी राख्नुको कारण प्रहरीको कुरा सुनिदिन हो भन्ने।’
त्यसपछि आइजिपी चन्द्रकुबेर खापुङ्गसँग स्पष्टीकरण सोधियो । त्यसैक्रममा आइजिपी खापुङ्गले आयोगमा पुगेर बयान दिइसकेका छन् । अन्यको पनि पालैपालो बयान लिने क्रम जारी छ । प्रदर्शनमा खस्किएको मनोबल बलियो बनाउन नपाउँदै बयानका नाममा प्रहरीमाथि प्रहार गरिएको भन्दै यतिबेला आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माको आलोचना भइरहेको छ ।
तर,प्रश्न उठ्छ–कसैले जानाजान आफ्नो परिवारमाथि नचाहिँदो प्रहार गर्ला र ? शर्मा नेपाल प्रहरीका पूर्वएआइजी हुन् । उनले आफ्नो जीवनको ३० वर्ष देशको सुरक्षामा बिताएका छन् । प्रहरी संगठन उनको घर हो भने प्रहरी कर्मचारी परिवार । प्रदर्शनमा प्रहरीले भोगेको पीडा उनले भन्दा राम्ररी अरु कसैले बुझ्न सक्दैन । काठमाण्डौ नगर प्रहरीको इन्चार्जसमेत रहिसकेका उनलाई भीडको मनस्थिति कस्तो हुन्छ ? र सुरक्षा फौजको सीमा अनि बाध्यतावारे पनि राम्ररी थाहा छ ।
‘शहिद छनौट गर्ने आयोगमा मृतकका परिवार थिए । उनीहरुले मृतकको पक्षमा आवाज उठाए । छानबिन समितिमा पूर्वप्रहरी राख्नुको कारण प्रहरीको कुरा सुनिदिन हो भन्ने मेरो धारणा छ ।’
भीडले कतिसम्म गर्छ ? भन्ने कुरा उनले राम्ररी बुझेका छन् । भदौ २३ गते प्रदर्शनकारीले बानेश्वरको निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोज्दा प्रहरीले माइकिङ्ग गरेको थियो । स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले टियर ग्यास र रबर बुलेट चलायो । प्रहरीले कस्तो अवस्थामा गोली चलाउँछन् भन्नेबारे पनि बिज्ञान बिज्ञ छन् ।
शर्मा सकेसम्म श्रोत साधनबिहिन प्रहरीलाई कसैको उन्माद र सनकको शिकार बनाइनु हुन्न भन्नेमा सचेत देखिन्छन् । आफ्ना पड्कास्ट प्रस्तुति र अन्तरवार्ताहरुमा पनि उनको यो पक्ष झल्किरहेको हुन्छ । हाल उनी आयोगको जिम्मेवार पदमा छन् । आयोगमा बसेपछि घटनामा संलग्न सबैको बयान लिनु र निष्पक्ष रुपमा छानबिन गर्नु उनको दायित्व हो । आफ्नो दायित्व पुरा गर्ने क्रममा सम्बध्द सबै पक्षको भनाइ रेकर्डमा राख्नुलाई गलत अर्थ लगाउन नहुने एक प्रहरी अधिकृत बताउँछन् ।
‘आफ्नो परिवारमाथि नै छुरा रोप्ने काम कसैले गर्दैन । अनुसन्धानको क्रममा सोधपुछ त भइ नै हाल्छ । त्यसलाई गलत अर्थ लगाउनुहुँदैन’,उनले भने । प्रहरीहरुको कुरा सुन्नकै लागि उनलाई आयोगमा राखिएको ती अधिकृतको जिकिर छ । अगाडि थपे,‘शहिद छनौट गर्ने आयोगमा मृतकका परिवार थिए । उनीहरुले मृतकको पक्षमा आवाज उठाए । छानबिन समितिमा पूर्वप्रहरी राख्नुको कारण प्रहरीको कुरा सुनिदिन हो भन्ने मेरो धारणा छ ।’
टिप्पणीहरू