बदनाम गराउन षड्यन्त्र : तिलोत्तमा नगरपालिका
जनआस्था डटकममा प्रकाशित आफ्नो नगरपालिकासम्बन्धी समाचारप्रति तिलोत्तमा नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त समाचारमा नगरपालिकाको बदनाम गराउने उद्देश्य राखिएको दाबी गरिएको छ ।
नगरपालिकाले फर्जी कागजपत्र बनाएर जापान लैजाने विषय उल्लेख भएको तर सो कार्यक्रम नगरपालिका स्वयम्ले कात्तिक २३ गते नै रद्ध गरिसकेको जानकारी दिएको छ । जापान जाने कार्यक्रम रद्ध गरेपछि स्वार्थी समूह तथा व्यक्तिले नगरपालिकाको गरिमा घटाउने नियोजित भूमिकामा उक्त समाचारको योजना बुनेको जारी विज्ञप्तिमा भनिएको छ ।
जापान जाने प्रक्रियामा रहेका कर्मचारीहरु सञ्जु पौडेल, केशव भट्टराई र सीता भण्डारी भुषालका लागि हाललाई उक्त प्रक्रिया रद्ध गर्न जापानस्थित एसिया स्मार्ट सिटीलाई समेत पत्राचार गरिसकिएको भनिएको छ । एसिया स्मार्ट सिटीले समेत नगरपालिकाको पत्रलाई आधार मान्दै हाललाई ती कर्मचारीहरूलाई उक्त कार्यक्रममा सहभागी नगराउने निर्णय यता पठाएको हो ।

यसअघि नै पौडेल, भट्टराई र भुषालले व्यक्तिगत रूपमा पत्र पठाई उक्त कार्यक्रममा आफूहरू सहभागी नहुनेबारे स्पष्ट पारिसकेका थिए । नगर प्रमुख रामकृष्ण खाण र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललाई मुछेर प्रकाशित समाचारमा सरोकारवाला कर्मचारीहरू — पौडेल, भट्टराई र भुषालका प्रतिक्रिया बिना नै नियोजित रूपमा नगरपालिकाको छवि बिगार्ने तथा निजहरूलाई बदनाम गराउने प्रयास भएको उनीहरुको निश्कर्ष छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषालका अनुसार भट्टराई र भुषाल नगरपालिकाका स्थायी कर्मचारी हुन् भने पौडेललाई असोज ३० गतेदेखि करारमा नियुक्त गरिएको हो ।
याे पनि...
टिप्पणीहरू