भीम रावल नेकपामा समाहित, पेरिसडाँडामा सात बुँदे सहमति
डाक्टर भीमबहादुर रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र रावलले पार्टी एकतासम्बन्धी सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । जसमा देश र जनताको सर्वोपरी हित एवं सुशासन, सामाजिक न्याय र आर्थिक-सामाजिक रुपान्तरणको अभिभारा पूरा गर्न देशभक्ति तथा समाजवादको आदर्शयुक्त सशक्त र सुदृढ पार्टी निर्माण गर्ने उल्लेख छ ।
नेकपा मुख्यालय पेरिसडँडामा सहमति पत्रमा हस्ताक्षर भएसँगै केहीबेरमा राष्ट्रिय सभागृहमा घोषणा सभा हुँदैछ । सभालाई हस्ताक्षरकर्ता तीनजनै नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।


टिप्पणीहरू