दुर्गा प्रसाईंको दल ६३० नम्बरमा
नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समयसीमा सकिनै लाग्दा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पार्टी दर्ता गराएका छन् ।
'नागरिक बचाऊ महाभियान' को नाममा केही वर्षदेखि राजतन्त्रको पक्षमा वकालत गर्दै आएका उनले माधव कल्पितलाई अध्यक्ष बनाएर 'नागरिक बचाऊ दल' दर्ता गरेका हुन् । दर्ता नं ६३० कायम रहेको सो दललाई प्रमाणपत्र दिनुअघि आयोगले आज हस्ताक्षर सनाखत गराउँदै छ ।
कान्तिपथस्थित निर्वाचन आयाेगको कार्यालयमा कल्पितसहित दुई दर्जन सनाखतका लागि पुगेका छन् ।
दल दर्ताका लागि आयोगले दिएको कात्तिक मसान्तको समयसीमा आज सकिँदैछ । यसबीच दर्जनौँको संख्यामा नयाँ दल दर्ता भएका छन् ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि भोलिदेखि मङ्सिर १० गतेसम्म दल दर्ता गर्न आयोगले आह्वान गरिसकेको छ ।
टिप्पणीहरू