सिंहदरबारमा सहिद परिवार
गत भदौ २३ गतेको जेन जी प्रदर्शनका सहिद भएका परिवारका सदस्यहरु मन्त्री भेट्न सिंहदरबार पुगेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेका उनीहरुले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका हुन् ।
दिउँसो १ बजेदेखि ४५ मीनेटसम्म भएको भेटवार्तामा सहिद परिवारका आफन्त विक्रम थापा, सुमन थापा, दिलीप तामाङलगायत एक दर्जन रहेको बताइन्छ ।
टिप्पणीहरू