ओली आज माइतीघर,शुक्रबार जुलुश

ओली आज माइतीघर,शुक्रबार जुलुश फाइल फाेटाे

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई माइतीघरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बनाइएको छ । राष्ट्रिय युवा संघ नेपालले कार्की ब्याङ्क्वेटमा राखेको युवा जागरण कार्यक्रम बिहान १० बजे शुरु हुने भनिएको छ । 

आगामी शुक्रबार दिउँसो भृकुटीमण्डपबाट शुरु हुने जुलुसको एमाले अध्यक्ष ओली स्वयंले अगुवाइ गर्ने एमाले स्रोतले जनाएको छ।

युवा परिचालन,संगठन सुदृढीकरण र राजनीतिक सक्रियताबारे सन्देश दिन निकालिने जुलुसमा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट युवा कार्यकर्ताहरू सहभागी हुने अपेक्षा गरिएको छ । एमाले सम्पर्क समन्वय समितिका संयोजक श्यामकुमार बस्नेतले कार्यक्रममा सबैलाई उपस्थित हुन अनुरोध गरेका छन् ।

टिप्पणीहरू