मैदानबाहिर जर्सी व्यापार
आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनको खेल हेर्न दर्शकहरु कीर्तिपुर पुग्ने क्रम सुरु भएको छ । अपरान्ह ४ बजे हुने खेल हेर्न कतिपय दर्शक मध्यान्ह १२ बजे नै क्रिकेट रंगशाला पुगेका थिए । अहिले टिकट काटेका दर्शकहरुलाई क्रमबद्ध रुपमा रंगशाला छिराउने काम भइरहेको छ ।
उद्घाटन खेलका लागि मैदानमा उत्रिन लागेका जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजले तयारी पुरा भइसकेको बताएका छन् । उद्घाटनको लागि प्रधानमन्त्री सुशीला कार्की त्यहाँ पुग्ने लागेको बुझिएको छ ।
रमाइलो के छ भने, यतिबेला रंगशालाबाहिरको परिसरमा जर्सी, टोपी, नेपालको झण्डा, चटपटेलगायतको राम्रो व्यापार देखिएको छ । खेल हेर्न त्यहाँ पुगेका अधिकांश दर्शकले आफ्नो मनपर्ने टिमको जर्सी खरिद गरिरहेका छन् ।






टिप्पणीहरू