प्रसाईंको घर खानतलासीमा डेढ दर्जन प्रहरी

प्रसाईंको घर खानतलासीमा डेढ दर्जन प्रहरी फाइल फोटो

गएराति पक्राउ परेका दुर्गा प्रसाईंको मध्यपुर थिमीस्थित घर प्रहरीले खानतलासी गरेको छ । उनलाई राति नै घरबाट पक्रेर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । 

प्रहरीको १७ जनाको टोलीले बिहान साढे १० बजे प्रसाईंको घर पुगेर खानतलासी गरेको थियो । यता थुनामा रहेका उनलाई भेट्न नदिएको भन्दै प्रसाईंका कानुन व्यवसायीहरुले आपत्ति जनाएका छन् । 

प्रहरीले पक्राउ गरेको विरोधमा दुर्गाको पार्टी नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम थालिने घोषणा बिहानै गरेको छ । दिउँसो साढे १ बजे जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने तयारी गरिएको छ ।

प्रहरीले दुर्गा प्रसाईंको पक्राउपछि विशेषगरी भारतसँग जोडिएका नाकासँगै सामाजिक सञ्जालमा साइबर निगरानी बढाएको बुझिएको छ ।
 

टिप्पणीहरू