प्रचण्ड लचिलो र आँटिलो भन्दै प्रशँशा
नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध विभिन्न दलका नेताहरुले संयोजक पुष्कमल दाहाल प्रचण्डलाई लचिलो र आँटिलो नेताको उपमा दिएका छन् । तीन दशक बढी माओवादी आन्दोलनमा सक्रिय उनले पछिल्लो अवस्थालाई ध्यानमा राखेर माओवाद र हँसिया हथौडा छाड्ने निर्णय गरेपछि उक्त विशेषण दिइएको हो ।
उक्त पार्टीमा उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल तत्काल समाहित हुने सम्भावना टरेको छ । अलि अगाडिसम्म कुरा अघि बढे पनि अहिले कम्युनिष्ट विरोधीहरु पार्टीमा धेरै भएकाले एकतामा जान यादवलाई अप्ठेरो परेको नेकपाका नेताहरुको बुझाइ छ । ‘बरु निर्वाचनमा मोर्चा गठन गरेर जान सकिन्छ भन्ने लाइनमा उपेन्द्र देखिन्छन्,’ एक जनाले भने ।
उक्त लाइनमा मोहन वैद्य,सीपी गजुरेलहरु पनि देखिन्छन् । एमाले छाडेर बसेका भीम रावलको आगमनलाई भने नेकपाका नेताहरुले ‘संवेदनशील’ रुपमा लिएको बताइन्छ । विगतदेखि हरेक कुरामा सुदूरपश्चिमको कुरो उठाउने तर त्यसको सेरोफेरोमा आफूलाई केन्द्रित गराउने उनको स्वभाववारे नेकपाका सहसंयोजक माधव नेपालसमेत जानकार छन् । विगतको नेकपा कार्यकालमा उनको भूमिकाबारे प्रचण्डलाई राम्रोसँग थाहा भएकाले आगामी दिन रावलका निम्ति त्यति सहज नहुने धेरैको ठम्याइ छ ।
टिप्पणीहरू