बारा जानबाट यसरी रोकिए वरिष्ठ पत्रकार,भन्छन्-आफ्नो गाउँ पनि जान नपाउने ?
एम्नेस्टी इन्टरनेशनलको कार्यक्रममा सहभागी हुन हामी आज बिहान काठमाडौंबाट बाराको सिमरा जाँदै थियौं । उडान बिहान साढे १० बजेको थियो ।
सबै प्रक्रिया पुर्याएर विमान चढ्यौं । आ-आफ्नो सिटमा बस्यौं । तर,प्लेन उडेन । ट्राफिक जाम छ भनेर दश मीनेट होल्ड गर्यो ।
त्यसपछि सिमरामा झडप भएको थाहा पायौं । के भयो के भयो भन्ने अलमलमा पर्यौं । सिमरास्थित नेपाल टेलिभिजनका एक पत्रकार साथीलाई फोन गर्दा उसले दाइ,यहाँ एमालेका युवा नेता र जेनजीहरुबीच झडप भएको छ’ भन्यो ।

सिमरामा कर्फ्यू लगाइएछ । पछि थाहा पायौं कि हाम्रै प्लेनको पछाडितिर एमाले नेता महेश बस्नेत,महासचिव शंकर पोखरेल,भानुभक्त ढकाल,सुमन प्याकुरेललगायत हुनुहुन्थ्यो ।
उहाँहरु कता जानुभयो थाहा भएन, हामीचाँहि अहिले एयरपोर्टमै अलपत्र परेका छौं । अब सायद जनकपुर भएर वीएगन्जतिर लागिन्छ होला । एम्नेस्टीका साथीहरु राजन लुईटेल,चरण प्रसाईं सङ्गै हुनुहुन्छ ।
एमाले नेताहरु प्लेनमा सिमरा गइरहेको थाहा भएको भए सायद गाडीबाटै जान्थ्यौं होला । अब त त्यो पनि विकल्प छैन । रातिसम्मै कर्फ्यू लगाइएको छ ।
कार्यक्रममा देशभरिका साथीहरु आउँदै हुनुहुन्छ । मेरो एउटा प्यानलमा बोल्नुपर्ने तालिका थियो । तर,हामी यहाँ अलपत्र छौं । कार्यक्रम रोक्न पनि नमिल्ने । कस्तो समस्या ? हामी आफ्नो घर जान नपाउने ?

-वरिष्ठ पत्रकार चन्द्रकिशोर झा
टिप्पणीहरू