सिमरामा पुनः कर्फ्यू

सिमरामा पुनः कर्फ्यू

बाराको सिमरा क्षेत्रमा आज पनि कर्फ्यू लगाइएको छ । नेकपा एमाले र जेन–जी समूहबीच झडप भएपछि हिजो दिनभर लगाइएको कर्फ्यु राति हटाइएको थियो ।

तर आज बिहानैदेखि जेन जी भनिएका युवाहरु सडकमा उत्रिएर प्रदर्शन गर्न थालेपछि कर्फ्यू लगाइएको छ । हिजो बेलुकी प्रहरी प्रशासन र युवाबीच सहमति भए पनि उनीहरु आज पनि प्रदर्शनमा उत्रेका हुन् ।

स्थानीय प्रशासनले आज दिउँसो १ बजेदेखि राति ८ बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ। जेन–जी समूहले हिजो कुटपिटमा संलग्नहरुलाई कारबाहीको माग राखेका छन् ।

टिप्पणीहरू