राजदूतका निम्ति २४ घण्टा सुरक्षा माग

राजदूतका निम्ति २४ घण्टा सुरक्षा माग

नेपालका लागि श्रीलङ्कन नवनियुक्त राजदूत रुवन्ती डेल्पिटियाको निवासमा चौबिस घण्टे सुरक्षाका निम्ति परराष्ट्र मन्त्रालयले सिफारिस गरेको छ । काठमाडौंको बुढानिलकण्ठस्थित राजदूत निवासमा २४ घण्टे सुरक्षार्थ तीन जना बन्दुकधारी खटाउन परराष्ट्रले गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

यसअघिका राजदूतसहित अन्य आवासीय राजदूत तथा श्रीलङ्क सरकारले कोलम्बोस्थित नेपाली राजदूतको निजी आवासमा प्रदान गर्दै आएको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै राजदूत डेल्पिटियाको निवासमा समेत सुरक्षाकर्मीका निम्ति सिफारिस गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

पत्राचारमा उल्लेख छ, ‘नेपाल सरकारले यसअघिका श्रीलङ्कन राजदूतलगायत काठमाडौंस्थित अन्य आवासीय राजदूतहरुको निजी आवासमा प्रदान गर्ने गरेको सुरक्षा तथा श्रीलङ्का सरकारले कोलम्बोस्थित नेपाली राजदूतको निवासमा प्रदान गर्दै आएको सुरक्षा व्यवस्थासमेतलाई मध्यनजर गर्दै राजदूत रुवन्ती डेल्पिटियाको निवासमा २४ घण्टे सुरक्षार्थ तीन जना सुरक्षाकर्मीहरुको व्यवस्था हुन मिति २०८२–०८–०२ गते को निर्णय (सचिवस्तर) सिफारिस गरिएको व्यहोरा अनुरोध छ ।’

टिप्पणीहरू