सिमरामा जेनजीले छाडेनन् सडक, अश्रुग्यास प्रहार
सिमरामा जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कर्फ्यु अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएको उत्तेजक भीडलाई प्रहरीले नियन्त्रण खोज्दा झडप निम्तिएको हो ।
प्रहरीले दुई राउण्ड हवाइ फायर गर्नुका साथै चार सेल अश्रुग्यास प्रहार गरेको छ । यसक्रममा दुवैतर्फ केही घाइते भएको बताइएको छ ।
हिजो बिहान सिमरा विमानस्थल घेराउ गर्न पुगेका जेनजीमाथि आक्रमण गर्ने एमाले कार्यकर्तालाई पक्राउ गर्न माग राख्दै युवाहरू आज बिहानैदेखि सडकमा उत्रिएका थिए । भीड बढ्दै गएपछि प्रशासनले दिउँसो १ बजेदेखि लागू हुनेगरी बेलुकी ८ बजेसम्म कर्फ्यु लगाए पनि प्रदर्शनकारीले सडक छाडेका छैनन् ।
यता, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोष तामाङले प्रदशनरत युवालाई वार्तामा बोलाएका छन् । तर, जेनजीमाथि कुटपिट गर्ने एमाले कार्यकर्तालाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने उनीहरूको अडान छ ।
वार्तामा सहभागी हुने कि नहुने भन्नेमा जेन-जी समूहबीचमै विवाद भएपछि अहिले उनीहरू सडकमै बैठक बसिरहेका छन् ।
टिप्पणीहरू