शान्ति सुरक्षाबारे छलफल,सेना उतार्न सिफारिस
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा दिउँसो बसेको बैठकमा मुलुकको पछिल्लो शान्ति सुरक्षा अवस्थाबारे छलफल भएको थियो ।
बैठकमा अर्थ,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल,रक्षासचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो ।
बैठकले चुनावमा सेना परिचालनका निम्ति रास्ट्रपतिसमक्ष सिफारिस गरेको समेत बुझिएको छ ।
टिप्पणीहरू